+

भलिबल खेलाडी धिरोजकाजी अभिनित ‘तिमी छौ र’ को म्युजिक भिडियो सार्वजनिक

२०८२ माघ  १६ गते २०:५३ २०८२ माघ १६ गते २०:५३
भलिबल खेलाडी धिरोजकाजी अभिनित ‘तिमी छौ र’ को म्युजिक भिडियो सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो 'तिमी छौ र पो म छु..' सार्वजनिक भएको छ।
  • धिरोजले राष्ट्रिय टिममा निरन्तर खेल्दै आएका छन् र केही समयअघि नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा बुढानिलकण्ठ टिमको कप्तानी गरेका थिए।
  • गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर छ भने युगल पोमो लिम्बुले लेखेका र निर्देशन गरेका हुन्, राज सेन्चुरीले संगीत भरेका छन्।

१६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘तिमी छौ र पो म छु..’ बोलको गीतको म्युजिक भिडियोमा भलिबल खेलाडी धिरोजकाजी र रश्मी पोमो लिम्बुको अभिनय छ ।

धिरोजले नेपालका लागि उमेर समूह देखि सिनियर टिममा खेल्दै आएका छन् । उनले काभा यू-२३ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका थिए । यस्तै पछिल्लो समय उनी राष्ट्रिय टिममा निरन्तर छन् ।

केही समयअघि भएको नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा उनले बुढानिलकण्ठ भलिबल टिमको कप्तानी गरेका थिए । धिरोजले विभागीय टोली एपीएफ क्लबबाट पनि घरेलु भलिबल खेलिसकेका छन् ।

धिरोजले पछिल्लो समयम भलिबल खेल र मोडलिङलाई एकसाथ अघि बढाइरहेका छन् ।

‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ का विजेता समेत रहेका धिरोजले गत वर्ष पोल्याण्डमा भएको मिस्टर सप्रा नेसनलमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

‘तिमी छौ र पो म छु’ गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर रहेको छ भने गीतलाई युगल पोमो लिम्बुले लेखेका हुन् । युगलले नै म्युजिक भिडियोको निर्देशन समेत गरेका छन् ।

यस्तै राज सेन्चुरीले गीतमा संगीत भरेका छन् भने मोहन कुमार झिल्लुले भिडियो खिचेका हुन् ।

धिरोजकाजी बस्नेत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय