News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली एमएमए फाइटर कोसिस राजभण्डारीले श्रीलंकामा केएफएल-कर्मा फाइट लिगमा भारतका सुर्यलाई टिकेओमा पराजित गरे ।
- एमएमए र किकबक्सिङ खेलाडी युगिन शर्माले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् ।
- कोसिस र युगिन दुवै रेज फाइट टिमका खेलाडी हुन् ।
१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् ।
केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइटकमा कोसिसले सुर्यलाई टिकेओमा हराए ।
कोसिको प्रतिद्वन्दी सुरुमा अर्कै फाइटर थिए तर उनी घाइते भएपछि उनको स्थानमा सुर्यले खेल्ने केही दिनअघि मात्र तय भएको थियो ।
अन्तिम समयमा पनि आएर फाइटमा सहभागि भएको भन्दै कोसिसले सुर्यलाई धन्यवाद दिए । कोसिसले जितपछि दोस्रो पटक पनि आफूलाई फाइटको अवसर दिएको भन्दै धन्यवाद दिए र आफूले यस पटक नकआउट गर्ने वाचा पूरा गरेको बताए । कोसिसले १ लाख श्रीलंकन रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कोसिस एमएमए र किकबक्सिङ प्लेअर हुन् ।
यस्तै एमएमए र किकबक्सिङ खेलाडी युगिनले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् । हाइट एडभान्टेज पाएकी युगिनले पनि साइनीलाई नकआउट गरिन् ।
सुरुमा युगिनले पाकिस्तनकी बुस्रा अख्तरसँग खेल्ने तय थियो तर बुस्रा घाइते भएपछि उनको स्थानमा साइनीले खेलेकी हुन् ।
दुवै जना रेज फाइट टिमका खेलाडी हुन् ।
प्रतिक्रिया 4