News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले अस्ट्रेलियासँगको दोस्रो टी-२०आई खेलमा ९० रनले जित हासिल गरी शृंखलामा २-० को अग्रता बनाएको छ।
- अस्ट्रेलियाले १५.४ ओभरमा १०८ रनमा अलआउट हुँदा क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए।
- पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए भने कप्तान शाहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाए।
१७ माघ, काठमाडौं । पाकिस्तानले अस्ट्रेलियासँगको टी-२०आई शृंखला जितेको छ । शनिबार भएको दोस्रो टी-२०आई खेलमा ९० रनको जित हासिल गर्दै पाकिस्तान एक खेल अगावै शृंखलामा विजयी भएको हो ।
पाकिस्तानले दिएको १९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५.४ ओभरमा १०८ रनमा अलआउट भयो । क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए । म्याथ्यु शर्टले २७ रन बनाए।
पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए । उस्मान तारिकले २ विकेट लिँदा सायम आयुब र मोहम्मद नवाजले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । कप्तान सलमान अली आघाले सर्वाधिक ७६ रन बनाए । उस्मान खानले ५३ नरन बनाउँदा शादाब खान २८ रनमा अविजित रहे ।
अस्ट्रेलियाका जेभियर बार्टलेट, एडम जाम्पा, म्याथ्यु कुहनेमान, शन एबट र कूपर कोनोलीले १-१ विकेट लिए ।
यसअघि पहिलो टी-२० पनि जितेको पाकिस्तानले ३ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ ।
प्रतिक्रिया 4