News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बेसबल तथा सफ्टबल संघको चौथो साधारण सभा १७ माघ, काठमाडौंमा सम्पन्न भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै बेसबल खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- सभाले अध्यक्ष दीपक न्यौपानेको प्रगति विवरण र कोषाध्यक्ष उपेन्द्रविक्रम लामाको आर्थिक प्रतिवेदन पास गरेको थियो।
१७ माघ, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको चौथो साधारण सभा शनिवार सम्पन्न भएको छ।
साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले बेसबल खेलको विकासमा आफ्नो सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले अध्यक्ष दीपक न्यौपानेले प्रस्तुत गरेको प्रगति विवरण तथा कोषाध्यक्ष उपेन्द्रविक्रम लामाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव प्रदीप शाहले गरेका थिए । साधारण सभामा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया 4