News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा बार्सिलोनाले एल्चेलाई ३-१ ले हराउँदै शीर्षस्थानमा आफ्नो अग्रता बढाएको छ।
- बार्सिलोनाका लामिन यमाल, फेरान टोरेस र मार्कस रासफोर्डले एक-एक गोल गरे भने एल्चेका अल्भारो रोड्रिगेजले एक गोल गरे।
- बार्सिलोनाको २२ खेलबाट ५५ अंक भएको छ भने दोस्रो स्थानको रियलको ५१ अंक छ।
१८ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले गएराति एल्चेलाई हराउँदै अग्रता बढाएको छ ।
एल्चेको मैदानमा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी भएको हो । बार्सिलोनाको जितमा लामिन यमाल, फेरान टोरेस र मार्कस रासफोर्डले एक-एक गोल गरे । एल्चेका अल्भारो रोड्रिगेजले एकमात्र गोल गरे ।
खेलको छैटौं मिनेटमा यमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा अल्भारोले एल्चेका लागि बराबरी गोल गरे । ४०औं मिनेटमा टोरेसले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-१ ले अगाडि राखे ।
दोस्रो हाफको ७२औं मिनेटमा रासफोर्डले बार्सिलोनाका लागि तेस्रो गोल गरे । त्यसपछि थप गोल भएनन् र बार्सिलोना ३-१ ले विजयी भयो ।
जितपछि बार्सिलोनाको २२ खेलबाट ५५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियलको ५१ अंक छ । एल्चे २४ अंकसहित १२औ स्थानमा छ ।
प्रतिक्रिया 4