१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेताहरूले नेतृत्व गरेका शहरहरूमा हुने आन्दोलन वा अशान्तिमा स्थानीय निकायको औपचारिक अनुरोधबिना संघीय हस्तक्षेप नगर्ने घोषणा गरेका छन ।
राष्ट्रपति ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई स्थानीय विरोध प्रदर्शन व्यवस्थापन गर्न संघीय बल नपठाउन निर्देशन दिएका छन्।
तर, संघीय भवन, अदालत र सरकारी सम्पत्तिको सुरक्षाका लागि भने आईसीई र सीमा सुरक्षा बललाई परिचालन गरिने उनले बताए ।
संघीय सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई दंगाकारी र विद्रोही को संज्ञा दिँदै ट्रम्पले उनीहरूविरुद्ध आवश्यकता परे सेना समेत प्रयोग गर्न सकिने संकेत गरेका छन् ।
अमेरिकामा ट्रम्प प्रशासनको कडा आप्रवासन नीति र हालै संघीय एजेन्टहरूबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शन भइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4