१८ माघ, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ भनिएका पार्टीहरू सत्तामा पुग्ने हतारो गरिरहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए ।
महासचिव विप्लवले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पूँजीवाद संस्कार अंगिकार गरेको जिकिर गरे ।
उनले विचार केही होइन भन्नेहरूले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको समेत बताए ।
महासचिव विप्लवले भने, ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ । यो त नयाँ भन्नेहरूको सिद्धान्त हो । अहिले के देखिन्छ भने सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन । किन यस्तो कुरा गर्ने भन्ने के, यो कस्तो तरिका हो भने भने पूँजीवादीहरूको तरिका हो । पूँजीवादमा पनि अहिले यो लोकप्रियतावादको नारा हो यो । मान्छे देखाउने, अनि केही भ्रम छर्ने अनि हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो । त्यसो हुनुहुँदैन ।’
महासचिव चन्दले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4