+

फुटसलको यु-११ मा एक्सेल्सियरको जित

२०८२ माघ  १८ गते १९:४९ २०८२ माघ १८ गते १९:४९
फुटसलको यु-११ मा एक्सेल्सियरको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत यु–११ ब्वाइज फुटसलमा अनमोल ज्योतिलाई ३–१ गोलले पराजित गर्‍यो ।
  • ओरेकल रेले एक्सेल्सियरलाई ३२–२७ ले हराउँदै एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा जित हात पारेको छ ।

१८ माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ उमेरसमूहमा आइतबार जित हात पारेको  छ ।

एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३–१ गोलले पराजित गर्‍यो । विजयी थिमका लागि दिर्शान्त कार्कीले २ तथा इभान ढकालले १ गोल गरे । अनमोल ज्योतिका सम्राट शाहीले १ गोल फर्काए ।

सोही उमेरसमूहमा काष्ठमण्डप विद्यालयले संस्कृतिलाई ५–३ र अनमोल ज्योतिलाई ४–०, रिब्सले बोधीवृक्षलाई ७–१ र लाइफ स्कुललाई ६–२ तथा संस्कृतिले अनमोल ज्योतिलाई ३–० गोलले हराए ।

यु–९ मा एक्सेल्सियरले मिश्रित नतिजा निकाल्यो । काष्ठमण्डपलाई ३–२ ले हराएको एक्सेल्सियर काष्ठमण्डपसंग ६–० ले चुक्यो ।

यु–१३ मा कोहिनुरले किड्ड लर्निङलाई २–१ तथा काष्ठमण्डपले न्यु एरा एकेडेमीलाई ३–२ गोलले पाखा   लगाए । काष्ठमण्डप र एलआरआईले गोलरहित बराबरी खेले ।

यु–१६ मा किड्स लर्निङले संस्कृतिलाई ३–१, एलआरआईले काष्ठमण्डपलाई २–० र रिब्सले काष्ठमण्डपलाई ४–० गोलले पन्छाए ।

बास्केटबलमा ओरेकल रे विजयी

एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा ओरेकल रेले आयोजक एक्सेल्सियरलाई ३२–२७ ले पराजित ग¥यो । ओरेकलका सुहाङ लिम्बूले १५ अंक जोडे ।

सिनियर ब्वाइजमै संस्कृतिले ज्ञानोदय बाल वाटिकालाई ३७–२६, रेडियन्ट पब्लिकले स्वर्णिमलाई २६–१९ र बाल दीक्षा सदनले एलआरआईलाई २६–१७ ले हराए । संस्कृतिका अभिग्न श्रेष्ठले २०, रेडियन्टका सुगम राना मगरले १३ र बाल दीक्षाका सयल महर्जनले १३ स्कोर गरे ।

सिनियर गल्र्समा ह्वाइटफिल्डले ज्ञानोदयलाई १६–१४ तथा स्वर्णिमले ह्वाइटफिल्डलाई २६–८ ले पाखा लगाए । ह्वाइटफिल्डकी स्मृति राईले ८ तथा स्वर्णिमकी हिसी ल्हामु लामाले १३ अंक बटुले ।

पहिलोपटक थप गरिएको विधा यु–१२ गल्र्स बास्केटबलमा स्वर्णिमले चाँदबागलाई ७–६ ले पन्छायो । स्वर्णिमकी क्रिस्टल श्रेष्ठले २ अंक जोडिन् ।

१२ औं एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय