+

नवाजको ५ विकेटमा अस्ट्रेलियासँगको शृंखला पाकिस्तानले गर्‍यो ‘क्लिन-स्वीप’

२०८२ माघ  १८ गते २०:०३ २०८२ माघ १८ गते २०:०३
नवाजको ५ विकेटमा अस्ट्रेलियासँगको शृंखला पाकिस्तानले गर्‍यो ‘क्लिन-स्वीप’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोहमम्द नवाजको पाँच विकेटसहितको प्रदर्शनमा अस्ट्रेलियालाई १११ रनले हराउँदै पाकिस्तानले शृंखला क्लिन स्वीप गरेको छ।
  • पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६.५ ओभरमा ९६ रन मात्र बनाउन सक्यो र ९ विकेट गुमायो।
  • सायम अयुबले ५६ र बाबर आजमले ५० रन बनाए भने नवाजले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए।

१८ माघ, काठमाडौं । मोहमम्द नवाजले पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियासँगको तेस्रो टी-२०आई पनि जित्दै शृंखला क्लिन स्वीप गरेको छ ।

आइतबार भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई १११ रनले हराएको हो । पाकिस्तानले दिएको २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ले १६.५ ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो । एडम जाम्पा चोटका कारण ब्याटिङमा आएनन् ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २३ रन बनाए । क्यामरन ग्रीनले २२ रन बनाए । जोश फिलिपेले १४ रन बनाए ।

पाकिस्तानका नवाजले ४ ओभरमा १८ रन मात्र दिएर ५ विकेट लिए । शाहीन अफ्रिदीले २ तथा नसीम शाह र अबरार अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर सायम अयुबले ५६ रन बनाए भने बाबर आजम ५० रनमा अविजित रहे । शादाब खानले ४६ रन बनाए ।

अस्ट्रेलियाका लागि बेन डारशुइसले २ विकेट लिँदा म्याथ्यु कुहनेमान, म्याथ्यु शर्ट, कूपर कोनोली र क्यामरन ग्रीनले १-१ विकेट लिए ।

यसअघि सुरुवाती दुई खेल जित्दै पाकिस्तानले शृंखला कब्जा गरिसकेको थियो ।

अस्ट्रेलिया क्रिकेट टी-२०आई शृंखला पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय