+

साफ यू-१९ महिला च्याम्पियनसिप : भुटानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

२०८२ माघ  १९ गते १३:२४ २०८२ माघ १९ गते १३:२४
साफ यू-१९ महिला च्याम्पियनसिप : भुटानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानसँग दिउँसो ३ बजे खेल्दैछ।
  • चार टोली सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोली विजेता बन्ने प्रावधान छ।
  • नेपाललाई फाइनल पुग्न भुटानविरुद्धको खेल जित्नैपर्ने दबाब छ।

१९ माघ, काठमाडौं । पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले दोस्रो खेलमा भुटानसँग खेल्दै छ ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे पोखरा रंगशालामा सुरु हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आज पराजित भए नेपाल फाइनल होडबाट बाहिरिनेछ ।

चार टोली मात्र सहभागी प्रतियोगिताको शीर्षस्थानमा रहने टोली विजेता बन्ने प्रावधान छ । त्यसकारण दुई खेलमा पराजित भएपछि शीर्षमा फिनिस गर्ने सम्भावना रहँदैन ।

पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । नेपाल भारतसँग १-० ले पराजित भएको थियो भने भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।

साफ यू-१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय