+
+
Shares

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १२:००

२० माघ, काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।

सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका शर्मा अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?