+
+
Shares

महोत्तरीको उखु खेतमा आगलागी

विजय कुमार सिंह विजय कुमार सिंह
२०८२ माघ २० गते १७:०१

२० माघ, महोत्तरी । महोत्तरीको उखु खेतमा आगलागी भएको छ । औरही नगरपालिका–१ मा ६ बिघा बढी खेतको उखुमा आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीय १० जनाको गरी कूल ६ बिघा ७ कठ्ठा खेतको उखु पूर्ण रूपमा जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए ।

रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायतको उखु खेतमा आगलागी भएको हो ।

उनका अनुसार, आगलागीबाट करिब १४ लाख बराबरको उखुमा क्षति भएको हो । ‘आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सके दुई प्रतिशत मात्रै कट्टा हुन्छ । त्यसभन्दा ढिलो भए उखुलाई ल्याबमा पठाइन्छ । ल्याबको रिपोर्ट अनुसार कट्टा हुन्छ,’ उनले भने ।

सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागी भएको उखु आफूहरू काट्ने तयारीमा रहेको पीडित कृषक हरिनारायण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?