+

राष्ट्रिय लिग फुटबलमा जावलाखेलको दोस्रो जित

२०८२ माघ  २० गते १७:२६ २०८२ माघ २० गते १७:२६
राष्ट्रिय लिग फुटबलमा जावलाखेलको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा बाराको नव जनजागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ।
  • जावलाखेलले पाँच खेलबाट २ जित र ३ हारपछि ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ।
  • नव जनजागृतिले लगातार पाँचौ हार भोग्दै अंकविहीन भएर अंकतालिकाको पूछारमा झरेको छ।

२० माघ, काठमाडौं । जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा मंगलबार बाराको नव जनजागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा जावलाखेलको यो दोस्रो जित हो ।

५ खेलबाट २ जित र ३ हारपछि ६ अंक जोडेको जावलाखेल अंकतालिकामा आठौं स्थानमा उक्लेको छ । नव जनजागृतिको भने यो लगातार पाँचौ हार हो । अंकविहीन रहेको नव जन जागृति अंकतालिकाको पूछारमा झरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलका लागि हरिश राज भट्ट, बोउबाखर सिसिको, युवराज दाहाल र धर्बेन्द्र कुँवरले एक-एक गोल गरे ।

हरिशले आठौं मिनेटमै गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । विदेशी खेलाडी सिसिखोले ३०औ र युवराजले ४३औं मिनेटमा गोल गरेपछि जावलाखेलले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

धर्बेन्द्रले ८६औं मिनेटमा गोल गर्दै जावलाखेललाई फराकिलो जित दिलाए ।

जावलाखेल युथ क्लब राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय