News Summary
Generated by OK AI. Editorially reviewed.- दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिमले १२औं एक्सेल्सियर कपको यू–१२ गर्ल्स सेमिफाइनलमा प्रवेश गरेका छन्।
- सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल तथा सिनियर गर्ल्समा एक्सेल्सियर र रिब्सले सेमिफाइनल खेल्नेछन्।
- यू–९ फुटसल सेमिफाइनलमा एक्सेल्सियर (रातो), एक्सेल्सियर (नीलो), काष्ठमण्डप र कोहिनुरबीच प्रतिस्पर्धा हुनेछ।
२० माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यू–१२ गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
स्वयम्भूस्थित घरेलु कोर्टमा मंगलबार भएको खेलमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित गर्यो। एक्सेल्सियरकी सम्भावी अधिकारीले २ अंक जोडिन्।
अर्को खेलमा स्वर्णिमले एक्सेल्सियर (नीलो) लाई १०–२ ले हरायो। स्वर्णिमकी पलिस्था हाडाले ४ अंक जोडिन्।
समूह ‘ए’ को विजेताका रूपमा एक्सेल्सियर (यल्लो) तथा समूह ‘बी’ को विजेताका रूपमा स्वर्णिम सेमिफाइनलमा पुगेका हुन्। दुवै समूहका उपविजेता टोलीको टुंगो लाग्न बाँकी छ।
बास्केटबलकै सिनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ।
सिनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल स्कुल तथा पुष्पसदन र राराहिलबीच सेमिफाइनल हुनेछ।
सिनियर गर्ल्सतर्फ एक्सेल्सियरले रेडियन्ट पब्लिकसँग तथा रिब्सले ल्यान्डमार्क एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।
फुटसलत
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–९ उमेरसमूहमा सेमिफाइनल समीकरण तयार भएको छ। साथै यू–११, यू–१३ र यू–१६ उमेरसमूहमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ।
यू–९ को सेमिफाइनलमा एक्सेल्सियर (रातो) र एक्सेल्सियर (नीलो) तथा काष्ठमण्डप र कोहिनुरबीच प्रतिस्पर्धा हुनेछ।
यू–११ तर्फ रिब्स, जोन डेवी, न्यु एरा एकेडेमी, संस्कृति, राई स्कुल, सेक्रेड हार्ट, काष्ठमण्डप विद्यालय र एक्सेल्सियर (नीलो) क्वाटरफाइनलमा पुगेका छन्।
यू–१३ मा एक्सेल्सियर (यल्लो), जोन डेवी, कोहिनुर, एलआरआई, काष्ठमण्डप, रेडियन्ट पब्लिक, हार्टल्यान्ड र रिब्सले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
यू–१६ तर्फ ह्वाइट हेभेन, रिब्स, न्यु एरा, एलआरआई, न्यु अरुणोदय, बोधीसत्व, किड्स लर्निङ र एक्सेल्सियर (नीलो) क्वाटरफाइनलमा पुगेका छन्।
प्रतिक्रिया 4