News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री नीति शाहले ८, ९, १० फागुनमा धार्मिक र सामाजिक विधिपूर्वक विवाह गर्ने तयारी गरिरहेकी छिन्।
- नीतिले ५ बैशाखमा याञ्चित राणासँग कानुनी विवाह गरिसकेकी छिन्।
- नीतिले निकट साथीहरूसँग ब्याचलरेट पार्टी मनाएकी छिन् र इन्स्टाग्राममा सेलिब्रेसनको भिडियो सेयर गरेकी छिन्।
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह ८, ९, १० फागुनमा धार्मिक र सामाजिक विधिपूर्वक विवाह गर्दैछिन् । ५ बैशाखमा उनले याञ्चित राणासँग कानुनी विवाह गरेकी थिइन् ।
विधिपूर्वक हुन लागेको नीतिको विवाह आउन दुई साता मात्र बाँकी छ । यसका लागि उनको तयारी जोडतोड चलिरहेको छ । सामान्य ढंगले र सीमित पाहुनाको उपस्थितीमा ३ वटा भेन्युमा विवाह हुने कुरा उनले बताइसकेकी छिन् ।
यद्यपि, नीतिलाई आफ्नो विवाह भने अहिल्यैदेखि लाग्न थालिसकेको छ । केही दिनदेखि उनले निकट साथीहरूसँग ‘ब्याचलरेट पार्टी’ (विवाहपूर्वको उत्सव) मनाइरहेकी छन् । उनले निकट साथीहरू भिजे ओसिन सिटौला, मेकअप आर्टिस्ट लेमी, कन्टेन्ट क्रिएटर तथा मोडल सन्ध्या केसीसँग लाकुरी भञ्ज्याङको टिरेस रिसोर्टमा पार्टी मनाएकी छन् ।

उनले इन्स्टाग्राममार्फत सेलिब्रेसनको भिडियो पनि सेयर गरेकी छन् । भिडियो हेर्दा नीतिको ब्याच्लरेट पार्टीमा उनीहरू रमाइरहेको देख्न सकिन्छ । भिडियो सेयर गर्दै सन्ध्या लेख्छिन्, ‘अनुमान गर्नूस, को विवाह गर्दैछ ? टिरेस रिसोर्टमा उसको ब्याचलरेट पार्टी मनाउँदै ।’
नीतिको कमेन्ट छ, ‘लभ यू गल्र्स । सबथोकको लागि धन्यवाद ।’
View this post on Instagram
प्रतिक्रिया 4