News Summary
Generated by OK AI. Editorially reviewed.- फागुराम थारुको दुई गोल मद्दतमा प्लानिङ ब्वाइजले राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गरेको छ।
- सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङले ५२औं र ८०औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेको हो।
- प्लानिङ ब्वाइजले लिगमा चौथो जित हासिल गरी एपीएफ, एनआरटी र मछिन्द्रसँग समान १३ अंक जोडेको छ।
२१ माघ, काठमाडौं । फागुराम थारुको दुई गोल मद्दतमा प्लानिङ ब्वाइजले राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएक थियो । फागुरामले ५२औं र ८०औं मिनेटमा गोल गर्दै प्लानिङलाई जित दिलाए ।
लिगमा प्लानिङ ब्वाइजको यो चौथो जित हो । प्लानिङले एपीएफ, एनआरटी र मछिन्द्रसँग समान १३ अंक जोडेको छ ।
प्रतिक्रिया 4