२१ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनको मुखमा प्रयोगमा आइरहेका ११५ थान भरुवा बन्दुक बरामद गर्यो । फागुन २१ गते हुँने प्रतिनिधिसभा निर्वाचनलाई भएरहित बनाउन भरुवा बन्दुक बरामद गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रहरी बन्दुक धारी सम्म पुग्न सकेन ।
बन्दुक धनी सम्म पुग्न नसकेको प्रहरीले कसरी बरामद गर्यो यति ठूलो परिमाणमा हतियार भन्ने प्रश्नमा प्रहरीले जंगल, गोठ र ओढारमा लुकाएर राखिएको अवस्थमा बन्दुक फेला परेको जनाएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले ठूलो मात्रमा अवैद्य हतियार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा ११५ थान अवैद्य भरुवा बन्दुक बरामद गरेको बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
‘बन्दुक सहित मानिस पक्राउ परे जेल र नगद जरिवाना भएकाले अवैद्य बन्दुक साथमा नराखेको देखिन्छ, उनिहरुले बन्यजन्तुको चोरी शिकारीमा प्रयोग गर्ने र उतै लुकाएर आउने गर्ने गरेको पाइयो’ प्रहरी उपरिक्षक भारतीले भने, ‘प्रहरीले बन्दुक खोजिरहेको सुचना पाउदासाथ बन्दुकलाई ओढारमा लगेर राख्ने गरेको समेत पाइयो, जरिवाना र कैदबाट बच्न बन्दुकलाई बेबारिसे बनाएर राख्ने गरेको अनुसन्धानले देखाउँछ ।’
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जनाए ।
उनले सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिवाङ मातहतबाट खटिएको टोलीले ६२ थान अवैद्य रुपमा सञ्चालनमा रहेका हतियार बरामद गरेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन र चोरी शिकारी नियन्त्रण गर्न भरुवा बन्दुक खोजी गरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
ढोरपाटन शिकार आरक्ष र विभिन्न सामुदायिक वनहरुमा चोरी–शिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिई लुकाइ–छिपाइ राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको बागलुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताए ।
बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको पाइएको छ । इजाजत पत्र नलिई भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तर यसपटक हतियार बरामद हुँदा पनि हतियार धनी भने पक्राउ परेका छैनन् ।
प्रतिक्रिया 4