११ माघ, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले सल्यान प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो ।
जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार १५ दिनभित्रमा अनिवार्यरूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकको इलाका प्रहरी कार्यालयमा बुझाउन प्रशासनले भनेको छ ।
प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ ।
सूचनाविपरीत कसैले पनि इजाजतप्राप्त हतियारहरु तोकिएको समयभित्र नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । एउटा निर्वाचन क्षेत्र रहेको सल्यानमा दुई स्वतन्त्रसहित १४ उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लामा एक लाख ६२ हजार चार सय ४९ मतदाता रहेका छन् ।
प्रतिक्रिया 4