+
+
Shares

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

पाँचखपन -८ मा ७६ बर्षीय ससुरामाथि ज्वाइँले खुकुरी प्रहार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १९:३०

२१ माघ, संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक वृद्ध घाइते भएका छन्। पाँचखपन -८ मा ७६ बर्षीय ससुरामाथि ज्वाइँले खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्‌मा शेर्पा गम्भीर घाइते भएका हुन् ।

चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले धारिलो हतियार प्रहार गर्दा निङ्‌मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

घरमा बसिरहेको अवस्थामा आक्रमण भएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनालगत्तै अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडा र इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली पुगेको थियो । खुकुरी प्रहारलगत्तै फरार भएका ओङ्दिलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते निङ्‌मालाई उपचारका लागि आधारभूत अस्पताल वाना ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?