+
+
Shares

प्रतिबन्ध लगाइएका पाकिस्तान, मध्यपूर्वमै ‘धुरन्धर’ नेटफ्ल्क्सि ट्रेन्डिङको शीर्षस्थानमा

सरकारहरूले हलमा प्रतिबन्ध लगाउन त सक्लान् तर नेटफ्ल्क्सिजस्ता ग्लोबल प्लाटफर्मलाई रोक्न मुस्किल छ । रोक्न खोजिए अमेरिकासँगको कूटनीतिक सम्बन्धमा दरार आउने र अभिव्यक्ति स्वतन्त्र लगायतका धेरै मुद्दा गिजोलिन सक्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १२:२६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ हलमा पहिलो हिन्दी फिल्मको रूपमा हजार करोड कमाउने रेकर्ड राखिसकेको छ।
  • नेटफ्ल्क्सिमा ‘धुरन्धर’ यससाता सबैभन्दा धेरै हेरिने गैर-अंग्रेजी कथानक फिल्म बनेको छ र २ करोड ६१ लाख पटक हेरिएको छ।
  • पाकिस्तान र मध्यपूर्वका मुलुकले थिएट्रिकल रिलिजमा प्रतिबन्ध लगाएको ‘धुरन्धर’ नेटफ्ल्क्सिमा ती मुलुकहरूमा शीर्षस्थानको ट्रेन्डिङमा छ।

काठमाडौं । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले ओटीटीमा पनि तहल्का मच्चाइरहेको छ । हलमा त फिल्मले हजार करोड कमाउने पहिलो हिन्दी फिल्मको रेकर्ड राखिसक्यो ।

यो फिल्म नेटफ्ल्क्सिमा यससाता सबैभन्दा धेरै हेरिने गैर-अंग्रेजी कथानक फिल्म हो, जुन शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म यो फिल्मलाई प्लाटफर्ममा २ करोड ६१ लाख पटक हेरिएको छ ।

रोचक कुरा के छ भने, प्रतिबन्ध लगाएका मुलुकहरूमै ‘धुरन्धर’ नेटफ्ल्क्सि ट्रेन्डिङको शीर्षस्थानमा छ । पाकिस्तान र मध्यपूर्वका मुलुकले फिल्मको थिएट्रिकल रिलिजमा प्रतिबन्ध लगाएका थिए ।

अहिले तिनै मुलुकबाट नेटफ्ल्क्सिमा फिल्म हेर्ने दर्शकको संख्या उच्च छ । नेटफ्ल्क्सिका अनुसार भारत, पाकिस्तान, बहराइन, कतार, युएईमा फिल्म शीर्षस्थानको ट्रेन्डिङमा छ । पाकिस्तान विरोधी कथावस्तु भन्दै ती मुलुकले रोक लगाएका थिए ।

फिल्मभित्र पाकिस्तानको आन्तरिक राजनीति, ग्याङस्टर समूहले राजनीतिमा पार्ने प्रभाव, बलुचिस्तानको मुद्दा र भारतले लिने जासूस कूटनीतिको बदला फिल्ममा समेटिएको छ । जसको कारण, हलमा चल्ने बेलै फिल्म ती मुलुकमा रिलिज भएन ।

‘धुरन्धर’ को यो ओटीटी सफलताले अर्को महत्वपूर्ण सन्देश दिन्छ । त्यो हो- सरकारहरूले हलमा प्रतिबन्ध लगाउन त सक्लान् तर नेटफ्ल्क्सिजस्ता ग्लोबल प्लाटफर्मलाई रोक्न मुस्किल छ । रोक्न खोजिए अमेरिकासँगको कूटनीतिक सम्बन्धमा दरार आउने र अभिव्यक्ति स्वतन्त्र लगायतका धेरै मुद्दा गिजोलिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?