+
+
Shares

‘श्री बुकुरो’ को ट्रेलर : पारिवारिक स्नेह र नोकझोंकको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'श्री बुकुरो : द होम कलिङ' को मर्मस्पर्शी ट्रेलर १ फागुनदेखि प्रदर्शन तयारीमा युट्युबमा सार्वजनिक भएको छ।
  • ट्रेलरले गण्डकी प्रदेशको ग्रामीण परिवेशमा लक्ष्मी गिरीको सानो बुकुरो बनाउने चाहना र पारिवारिक सम्बन्ध चित्रण गरेको छ।
  • फिल्ममा आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने लगायतको अभिनय रहेको छ र यो पारिवारिक मनोरञ्जनात्मक फिल्म हो।

काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । गण्डकी प्रदेशको ग्रामीण परिवेशमा सेट गरिएको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकको कथा छ ।

काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । शीर्ष पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने उनको चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी लगायतका कुरालाई चित्रण गरेको छ ।

ट्रेलरले हामीलाई पात्रको मनोदशा र गतिसँगै यात्रा गराउँछ । मानवीय सम्बन्धका सुक्ष्मतालाई चित्रण गरिएको ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पनि पार्छ । यो फिल्मलाई पारिवारिक र मनोरञ्जनात्मक बताइएको छ ।

फिल्ममा गिरीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज न्यौपाने, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला लगायतको अभिनय छ । फिल्म रेन्ज प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?