News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन्।
- उनले राष्ट्रिय फुटबल लिगमा दर्शकको कमी चिन्ताजनक भएको उल्लेख गर्दै फुटबल विकेन्द्रीकरण आवश्यक भएको बताए।
- बालेनले मोफसलका क्लबलाई लिगमा समावेश गरी देशभर फुटबललाई व्यावसायिक रूपमा विस्तार गर्नुपर्ने धारणा राखे।
२४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून देखिएको सन्दर्भ जोड्दै उनले लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरे ।
बालेनले बालेनले मोफसलका गोल्डकप प्रतियोगितामा हजारौं दर्शक उपस्थित हुने उदाहरण दिँदै फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको बताए । राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिति सीमित देखिएको उनको गुनासो छ ।
केन्द्रित फुटबल संरचनाका कारण काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो भएको भन्दै उनले फुटबललाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले फुटबल केही क्लब र काठमाडौंमा मात्र सीमित नरहनुपर्ने र देशभर व्यावसायिक रूपमा विस्तार गर्नुपर्ने धारणा राखे ।
बालेनले मोफसलका क्लब र रंगशालामा पनि ठूला क्लबका खेल आयोजना हुनुपर्ने, देशभर दर्शक र खेल संस्कृतिलाई जोड्नुपर्ने बताए । ‘फुटबल नभएर कुनै खेलाडी विदेशिन नपरोस्’ भन्दै उनले नीति निर्माणमा सुधार गरी फुटबललाई देशभर फैलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया 4