+
+
Shares

सिके राउतको दाबी- जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ

‘हामी चाहन्छौँ–त्यो जंगलराज, गुण्डाराज हटाएर विकास, आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन चाहन्छौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते ९:१९

२४ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ । खाली जंगलराज, गुण्डाराज, दमनशोषण, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दामामिला । सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित छ,’ राउतले भनेका छन्, ‘हामी चाहन्छौँ–त्यो जंगलराज, गुण्डाराज हटाएर विकास, आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन चाहन्छौँ ।’

त्यही कामका लागि आफूलाई मतदान गर्न उनले आग्रह गरे । जनमत सरकार रहेकै बेला सप्तरी विकासको बाटोमा अघि बढेको पनि उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?