+
+
Shares

नेपाली टोलीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्- वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ

तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार तथा सफलताको आड रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १०:१५

२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना दिएकी छन् । आइतबार बिहान फेसबुकमार्फत प्रधानमन्त्री कार्कीले नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गर्दै शुभकामना दिएकी हुन् ।

‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ-नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति ।’

तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार तथा सफलताको आड रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन् । ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः, अनि धेरै माया पनि,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन् ।

विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल मुम्बईको वानखेडे क्रिकेट रंगशालामा दिउँसो ३ः१५ बजेबाट इंग्ल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?