+
टी-२० विश्वकप २०२६ :

बेथेल र ब्रूकको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियो बलियो लक्ष्य

२०८२ माघ  २५ गते १६:५६ २०८२ माघ २५ गते १६:५६
बेथेल र ब्रूकको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियो बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पाएको छ।
  • इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको छ, ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए।
  • नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्लले पहिलो बलमै फिल साल्टलाई आउट गरे।

२५ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ ।

वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७-३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।

बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

शेरले टी-२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबा६ टी-२० विश्वकपमा पनि डेब्यु गरे ।

यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा थिए ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय