News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार १५–४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ।
- सर्वेक्षणले १५–४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाले पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ।
- १५ वर्षभन्दा अगाडि ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवनको अनुभव लिइसकेको सर्वेक्षणले उल्लेख गरेको छ।
२६ माघ, काठमाडौं । नेपालमा वयस्क उमेरका झन्डै आधा पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा अनुसार १५–४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।
यो उमेर समूहका ५.१ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको समेत सर्वेक्षणको नतिजामा उल्लेख छ । उता, १५ वर्षभन्दा अगाडि नै ७.६ प्रतिशत पुरुषले चुरोट वा बिँडी सेवन गरिसकेको समेत सर्वेक्षणले देखाएको छ ।
महिलाको हकमा २.१ प्रतिशतले १५ वर्षभन्दा अगाडि नै सुर्तीजन्य पदार्थ सेवनको अनुभव लिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4