+

एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा, विजेतालाई ७ लाख ५० हजार

२०८२ माघ  २६ गते २०:०८ २०८२ माघ २६ गते २०:०८
एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा, विजेतालाई ७ लाख ५० हजार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी पूरा गरेको छ।
  • प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
  • विजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ र अन्य पुरस्कारहरू पनि प्रदान गरिनेछन्।

२६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।

प्रतियोगितामा गाइघाट एफसी, न्युरोड टिम, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिर्सोट एण्ड विच फुटबल, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताका सबै खेल खेलाडी डटकमको युट्युब र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । विजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । फेयर प्ले टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

क्वाटरफाइनलसम्मको टिकट दर १०० रुपैयाँ र सेमिफाइनलको २०० रुपैयाँ तोकिएको छ । टिकट रंगशालाको गेटमै उपलब्ध हुनेछ ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको जनाइएको छ ।

एन्फा महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय