२७ माघ, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ । सोमबार दिउँसो घुमाउने भन्ने स्थानमा ढुंगाक चेपभित्र मानव कंकाल देखिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी दिएका थिए ।
सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी टोली गएको थियो । सो टोलीले घटनास्थलमा पुगेर आवश्यक सुरक्षा प्रदान गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा अर्को टोली गएर अनुसन्धान थालेको छ ।
अहिलेसम्म मृतकको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर सारुले मृतकको पहिचान र घटनाको कारण पत्ता लगाउने काम भइरहेको बताए ।
प्रतिक्रिया 4