+
+
Shares

‘लालिमा’ २९ फागुनमा आउने, यौनकर्मीको मर्मस्पर्शी कथा चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लालिमा’ २९ फागुनदेखि देशब्यापी प्रदर्शन हुने भएको छ।
  • निर्देशक रोशन मिराजका अनुसार फिल्म ३ हजार यौनकर्मीको जीवन अनुभवमा आधारित छ।
  • फिल्ममा रोशनी कार्कीले लालिमाको भूमिका निर्वाह गरेकी छन् र कथा शोषण र संरचनागत अन्यायको विषयमा छ।

काठमाडौं । फिल्म ‘लालिमा’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २९ फागुनदेखि देशब्यापी रिलिज हुने भएको छ ।

मंगलबार सार्वजनिक पोस्टरमा प्रदर्शन मितिबारे उल्लेख छ । रोशनी कार्कीले शीर्ष भूमिकामा अभिनय गरेकी छन् । उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको पनि अभिनय छ ।

निर्देशक रोशन मिराजका अनुसार यो फिल्म ३ हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो । फिल्ममा ‘लालिमा’ को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।

कथावस्तुबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’

पोस्टरमा नायिका कार्कीलाई एकलरुपमा प्रस्तुत गरिएको छ । झ्यालको छेउमा उनी संकटपूर्ण भावमा बसिरहेको देख्न सकिन्छ । शरिरको माथिल्लो भागमा कपडा छैन । सेतो कपडाले शरिर छोपेकी छन् ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नुझक्ने मानवीय सहासको कथा रहेको निर्देशक मिराजको तर्क छ । फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?