२७ माघ, दार्चुला । दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट भएको छ । शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार हत्या भएको हो ।
घरमा एक्लै रहेकी उनको हत्या गरी घरबाहिर फालिएको अवस्थामा शव फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिए ।
उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको जोशीले बताए । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
-नरेन्द्र कार्कीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4