+

काभा महिला भलिबलमा नेपाल पुलिस क्लब तेस्रो

२०८२ माघ  २७ गते २३:४२ २०८२ माघ २७ गते २३:४२
काभा महिला भलिबलमा नेपाल पुलिस क्लब तेस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल लिगमा तेस्रो स्थान हासिल गरेको छ।
  • नेपाल पुलिस क्लबले तेस्रो स्थानको खेलमा श्रीलंकाको हिर्दारामानी एससीलाई ३-१ को सेटमा पराजित गरेको हो।
  • सेमिफाइनलमा कजाखस्तानी क्लब टुरान भिसीसँग पराजित भएपछि नेपाल पुलिस क्लब फाइनल पुग्न असफल भएको थियो।

२७ माघ, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल लिगमा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

मंगलबार मालेस्थित सोसल सेन्टरमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले पुनरागमन गर्दै श्रीलंकाको हिर्दारामानी एससीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट श्रीलंकन क्लबले २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर त्यसपछि पुलिसले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५-१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेल बराबरी गरेको थियो ।

त्यसपछि तेस्रो सेट पुलिस क्लबले २५-१६ र चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपाल पुलिस क्लब सेमिफाइनलमा कजाखस्तानी क्लब टुरान भिसीसँग पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो ।

प्रतियोगिताको उपाधि इरानको फुलान्ड एमएसले जितेको छ । मंगलबारै भएको फाइनलमा कजाखस्तानको टुरान भीसीलाई २५-२२, २५-२०, २५-२० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

काभा महिला भलिबल लिग नेपाल पुलिस क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय