+
+
Shares

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ११:३५

२८ माघ, धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ । यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल हुन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको इन्स्पेक्टर भट्टले जानकारी दिए ।

हबल्दार घर्तीको हत्या आरोपमा  यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल  फरार छन् ।

पक्राउ परेकी दिपीका पाल आशिककी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?