+

एन्फा निर्वाचनलाई अदालतको ‘ग्रिन सिग्नल’

२०८२ माघ  २८ गते १२:०५ २०८२ माघ २८ गते १२:०५
एन्फा निर्वाचनलाई अदालतको ‘ग्रिन सिग्नल’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सम्बन्धी अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै निर्वाचनको बाटो खुलेको छ।
  • पुस १६ गते एन्फा कार्यसमितिले माघ २८ गते झापामा चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो, तर अदालतको आदेशले निर्वाचन स्थगित भएको थियो।
  • निर्वाचनका लागि बाटो खुलेपछि एन्फा निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ, प्रतिनिधि सभा निर्वाचनपछि मात्रै निर्वाचन हुने सम्भावना छ।

२८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र न्यायाधीश अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचन सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै यसअघि पुस २८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गर्दै निर्वाचनको बाटो खुला गरेको हो ।

यसअघि पाटन अदालतले जारी गरेको दुई अल्पाकालिन अन्तरिम आदेशलाई खारेज गर्दै नयाँ निर्णय गरेपछि एन्फाको निर्वाचनको बाटो खुला गरेको हो ।

पुस १६ गतेको एन्फा कार्यसमिति बैठकले माघ २८ गते (आजकै दिन) झापामा एन्फाको चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो । तर अदालती झमेलामा फसेपछि तोकिएको समयमा भने निर्वाचन नहुने यसअघि नै पक्का भइसकेको थियो ।

यसअघि पाटन उच्च अदालतले अन्तरिम अल्पकालीन आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । त्यसपछि एन्फा आफैं भ्याकेट निवेदन लिएर अदालत गरेपनि अदालतले निवेदन दर्ता गरेको थिएन ।

अदालतको अल्पकालीन आदेशपछि एन्फा निर्वाचन समितिले अर्को सूचना नआएसम्मका लागि एन्फाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा एन्फा निर्वाचनको विषयमा निर्वाचन आयोगमा उजुरी समेत परेको थियो ।

निर्वाचनका लागि बाटो खुलेपछि अब एन्फा निर्वाचन समितिले एन्फा निर्वाचनको प्रक्रियाको नयाँ कार्यतालिका सार्वजनिक गरेर काम अघि बढाउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यद्यपी यस विषयमा तहगत निर्वाचन गर्नुपर्ने हो वा होईन भन्ने अन्तिम आदेशको भने आईसकेको छैन ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएको अवस्थामा एन्फाको निर्वाचन तत्काल हुने सम्भावना भने कम छ । अब प्रतिनिधि सभाको निर्वाचनपछि नै एन्फा कार्यसमितिका लागि पनि निर्वाचन हुने सम्भावना छ ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय