२८ माघ, काठमाडौं । रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ।
रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ।
रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको दाबी गरेको छ।
टेलिग्राममा पूर्ण प्रतिबन्ध लगाउनुको साटो यसको ‘ट्राफिक’ सुस्त बनाइएको छ, जसले गर्दा तस्बिर, भिडियो र म्यासेजहरू लोड हुन समय लागिरहेको छ।
रुसी सरकारले आधिकारिक सरकारी सेवाहरूसँग जोडिएको घरेलु एप “म्याक्स” प्रयोग गर्न जोड दिइरहेको छ। आलोचकहरूले यो एप निगरानी र राजनीतिक ‘सेन्सरसिप’ का लागि बनाइएको भन्दै चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय संस्थाहरूले यस कदमको निन्दा गर्दै यसलाई जानकारीको प्रवाहको ‘घाँटी थिच्ने’ रणनीति भएको बताएका छन्। ‘आरएसएफ’ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा रुस १८० देशमध्ये १७१औँ स्थानमा छ।
युक्रेन युद्धमा संलग्न रुसी सैन्य ब्लगरहरूले पनि टेलिग्राममा गरिएको अवरोधले ‘फ्रन्टलाइन’ को सञ्चारमा बाधा पुग्ने भन्दै आलोचना गरेका छन्।
प्रतिक्रिया 4