+
टी-२० विश्वकप २०२६ :

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो

२०८२ माघ  २८ गते १६:०० २०८२ माघ २८ गते १६:००
दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह \'डी\' मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ।
  • पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोड्दा दक्षिण अफ्रिकाले पनि १७ रन बनाएको थियो र दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो।
  • दोस्रो सुपर ओभरमा अफगानिस्तानले १९ रन मात्र बनाउन सक्यो ।

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ ।

बुधबार अहमदाबादमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा ४ रनको जित निकाल्यो । टी-२० विश्वकप इतिहासमै एक खेलमा दुई सुपर ओभर भएको यो पहिलोपटक हो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोड्दै दक्षिण अफ्रिकालाई १८ रनको लक्ष्य दिएको थियो जसको जवाफमा दक्षिण अफ्रिकाले पनि १७ रन बनाएको थियो ।

दोस्रो सुपरमा दक्षिण अफ्रिकाले २३ रन जोडेर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले सुरुवाती २ बलमा कुनै रन नजोडेर मोहम्मद नाबीको विकेट गुमायो ।

त्यसपछि आएका रहमनुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गरे । १ बलमा ६ रन आवश्यक हुँदा एक वाइड भएपछि अर्को बलमा रहमनुल्लाह गुरबाज आउट भए ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टिमबाट १८७ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ बल अगावै अलआउट हुँदै १८७ रन बनायो ।

अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा अफगानिस्तानको एक विकेट मात्र बाँकी थियो । पहिलो बलमै कगिसो रबाडाले विकेट लिएको भएपनि नो बल ठहरियो । त्यसपछि वाइड गरे ।

पहिलो लिगल बल रबाडाले डट राखेपनि त्यसपछि नूरले छक्का प्रहार थरेपछि अफगानिस्तानलाई ४ बलमा ५ रन आवश्यक भयो । त्यसपछि रबाडाले फेरि डट राखे ।

त्यसपछि नूरले २ रन दिँदा नो बल पनि भयो र ३ बलमा २ रन आवश्यक थियो । अनि नूरले २ रन लिने क्रममा नन स्ट्राइक ब्याटर फजलहक फारुकी रनआउट भए ।

गुरबाजले अफगानिस्तानका लागि ४२ बलमा ८४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लुङ्गी एङ्गिडीले ३ विकेट लिँदा मार्को यानसेन, कगिसो रबाडा, जर्ज लिन्डे र केशव महाराजले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । रायन रिकेल्टनले ६१ रन बनाए भने क्‍विन्टन डिककले ५९ रन बनाए । डेवाल्ड ब्रेभिसले २३ तथा डेभिड मिलरले अविजित २० रन बनाए ।

अफगानिस्तानका अजमतुल्लाह ओभरजाइले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिए ।

विश्वकपमा यो दक्षिण अफ्रिकाको दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो ।

दक्षिण अफ्रिकाले यसअघि क्यानडालाई हराएको थियो भने अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय