+
+
Shares

चन्द्रागिरिबाट स्कोडा ‘कायलाक’ सार्वजनिक, सुरुवाती मूल्य ४५ लाख ९० हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १७:५७

२८ माघ, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्स्पान्ज प्रालिले बहुप्रतीक्षित कम्प्याक्ट एसयुभी ‘स्कोडा कायलाक’ औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।

चन्द्रागिरि हिल्समा आयोजित एक विशेष समारोहबीच यस मोडेलको बिक्री वितरण सुरु गरिएको हो ।

कार्यक्रम उद्घाटन एमएडब्लू ग्रुप अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्स्पान्जका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा एमएडब्लू ग्रुप अध्यक्ष अग्रवालले भने, ‘स्कोडा कायलाक नेपालको अनिश्चित सडक अवस्था ध्यानमा राखेर इन्जिनियरिङ गरिएको गाडी हो, यसले हरेक उकालोमा आत्मविश्वास र नियन्त्रण प्रदान गर्छ ।’

त्यसैगरी कार्यकारी निर्देशक रौनक अग्रवालले स्कोडाको नयाँ मर्मत सम्भार कार्यक्रम (१२–१२–१२–१२) ले ग्राहकलाई सस्तो र सहज स्वामित्वको अनुभव दिने प्रतिबद्धता व्यक्त गरे ।

स्कोडा कायलाकलाई केवल सहरका लागिमात्र नभई नेपालको चुनौतीपूर्ण पहाडी सडक र उकालो–ओरालोलाई मध्यनजर गर्दै तयार गरिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको १.० लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११५ बीएचपी पावर र १७८ एनएम टर्क पैदा गर्छ, जसले गर्दा ओभरटेक गर्न र गाह्रो उकालोमा गाडी तान्न सहज बनाउँछ ।

यस गाडीलाई वास्तविक नेपाली अवस्थामा परीक्षण गर्न मनाङ, ढोरपाटन र ३ हजार७ सय ५६ मिटर उचाइमा रहेको तीनजुरे जस्ता दुर्गम क्षेत्रमा गुडाइएको थियो, जहाँ यसले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।

स्कोडाको ग्लोबल लिगेसी पछ्याउँदै कायलाकले सुरक्षालाई उच्च प्राथमिकता दिएको दाबी गरेको छ । ग्लोबल क्र्यास टेस्टमा फाइभ–स्टार रेटिङ प्राप्त गर्ने स्कोडाको सुरक्षित इन्जिनियरिङमा आधारित यो गाडीले नेपाली ग्राहकलाई उच्च सुरक्षाको प्रत्याभूति दिने बताइएको छ ।

नेपाली बजारमा स्कोडा कायलाकको सुरुवाती मूल्य ४५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यस्तै धेरैको रोजाइमा रहेको अटोमेटिक भेरिएन्टको मूल्य ५२ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ । अटोमेटिक भेरिएन्टले विशेषगरी सहरी ट्राफिक र उकालो सडकमा तनावमुक्त ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

छिमेकी राष्ट्र भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेको कायलाकले विभिन्न प्रतिष्ठित कार अफ द इयर २०२५ अवार्डहरू समेत हात पारिसकेको छ ।

आफ्नो सेग्मेन्टमा शक्तिशाली पर्फर्मेन्स र प्रिमियम फिचरका साथ आएको स्कोडा कायलाकले नेपालको एसयूभी बजारमा नयाँ बेन्चमार्क खडा गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?