+
+
Shares

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

पूर्ण सार्की पूर्ण सार्की
२०८२ माघ २९ गते १२:२९
दुर्घटनाग्रस्त जिप र दुर्घटनास्थलमा जम्मा भएका स्थानीय ।

२९ माघ, डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ ।

चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको जानकरी दिएको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?