+
+
Shares

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

ईश्वर थापा ईश्वर थापा
२०८२ माघ २९ गते १४:४६

२९ माघ, धनकुटा । धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन् ।

स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएकाहरू लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका व्यक्ति हुन् ।

सुधार केन्द्रमा ३० जना रहेकामा १२ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको खोजी कार्य जारी राखिएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताए । विजय मल्लिकको अगुवाइमा हेरालु व्यक्तिलाई कुटपिट गरेर उनीहरू फरार भएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?