News Summary
Generated by OK AI. Editorially reviewed.- इटलीले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी को दोस्रो खेलमा नेपाललाई १० विकेटले हराएको छ।
- इटलीले नेपालले दिएको १२४ रनको लक्ष्य १२.४ ओभरमा बिना क्षति पूरा गरी विश्वकपमा पहिलो जित हात पारेको छ।
- इटलीका मुख्य प्रशिक्षक जोन डेभिडसनले यो जित इटलीको क्रिकेटका लागि विशेष क्षण भएको र 'यो जित फ्रन्स पेज हेडलाइन हुनुपर्छ' भनेका छन्।
२९ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी को आफ्नो दोस्रो खेलमा इटलीले बिहीबार नेपालमाथि १० विकेटको ऐतिहासिक जित हासिल गर्यो ।
वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमै विना क्षती पूरा गर्दै विश्वकपमै पहिलो जित हात पारेको हो ।
नेपाललाई हराएपछि इटलीका मुख्य प्रशिक्षक जोन डेभिडसनले यो जित इटलीको क्रिकेटका लागि विशेक्ष क्षण रहेको बताए । ‘यो जितले इटलीको क्रिकेटमा विशेष अर्थ राख्छ । खेलपछि मैले केही खेलाडीहरुको आँखामा आशु पनि देखें’ उनले पोस्ट म्याच प्रेस कन्फेरेन्समा भने ।
साथै उनले यो जित फ्रन्स पेज हेडलाइन समेत हुनुपर्ने बताए । ‘यो जित इटली लगायत विश्वभरका न्युजपेपमार फ्रन्ट पेज हेडलाइन बन्नुपर्छ’ डेभिडसनले भने ।
पोस्ट म्याच कन्फेरेन्समा उपस्थित भएका इटलीका केही खेल पत्रकारलाई डेभिडसनले यो जित फ्रन्स फेजको न्यु हुन्छ त? भनेर समेत जिज्ञासा राखेका थिए ।
यस्तै कप्तान ह्यारी मानेन्टीले पनि टी-२० विश्वकपमा इटलीको पहिलो जित विशेष भएको बताए । प्रशिक्षक डेभिडसनले मुम्बईमा दुई खेल खेलिसकेको इंग्ल्याान्डसँग आफूहरुले रणनीति सिकेर नेपाल विरुद्ध खेल्ने योजना बनाएर आएको बताए ।
कप्तान मानेन्तीले २७औं वरियतामा भएपनि अब विस्तारै वरियता सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएपनि आजको खेलमा जितपछि इटली टिम कस्तो छ भनेर देखाएको बताए ।
प्रतिक्रिया 4