+

नाम्चे युथ क्लब खुम्बु ल्होसार कपको सेमिफाइनलमा

२०८२ फागुन  १ गते ०:३५ २०८२ फागुन १ गते ०:३५
नाम्चे युथ क्लब खुम्बु ल्होसार कपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाम्चे युथ क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
  • नाम्चेले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गरेको छ।
  • सेमिफाइनलमा नाम्चेले खुम्जुङ युथ क्लबसँग खेल्नेछ भने महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्चले खुम्बु युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

१ फागुन, काठमाडौं । नाम्चे युथ क्लब १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्‍यो ।

नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे ।

आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । ओसिन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

सेमिफाइनलमा नाम्चेको भेट खुम्जुङ युथ क्लबसँग हुनेछ भने आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले खुम्बु युनाइटेड क्लबको सामना गर्ने छ ।

दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

१५औं खुम्बु ल्होसार कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय