+

१९ वर्षपछि टी–२० विश्वकपमा अस्ट्रेलिया जिम्बाबेसँग पराजित

२०८२ फागुन  १ गते १५:५२ २०८२ फागुन १ गते १५:५२
१९ वर्षपछि टी–२० विश्वकपमा अस्ट्रेलिया जिम्बाबेसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियालाई २३ रनले हराएको छ।
  • जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १४६ रनमा समेटिएको छ।
  • जिम्बाबेका ब्लेसिङ मुजराबानीले ४ विकेट लिए भने ब्राड इभान्सले ३ विकेट लिए।

१ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ ।

श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र रायल बर्लले एकएक विकेट लिए ।

ब्याटिङमा अस्ट्रेलियाका म्याट रेनशाले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ग्लेन म्याक्सवेलसँग पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । म्याक्सवेल ३१ रनमा आउट हुँदा अन्य ब्याटर जिम्बाब्बेको बलिङसामु धराशायी बने ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेका टप अर्डर ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै १६९ रनको स्कोर खडा गरेका थिए । जिम्बाब्बेका ओपनर ब्रायन बेनेट ६४ र कप्तान सिकन्दर राजा २५ रनमा अविजित रहँदा रायल बर्ल र तदिवानाश मारुमानीले समान ३५ रनको योगदान दिए ।

बलिङमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रीनले एक-एक विकेट लिए ।

टी–२०आई क्रिकेटमा जिम्बाबेले १९ वर्षपछि अस्ट्रेलियालाई पराजित गरेको छ । यसअघि २००७ मा जिम्बाबेले अस्ट्रेलियालाई हराएको थियो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय