+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

शक्तिशाली आइफोन १८ सिरिजको तयारीमा एप्पल, यी हुनेछन् फिचर्स

एजेन्सी एजेन्सी
२०८२ फागुन ३ गते ९:२०

आइफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बर महिनामा आफ्नो बहुप्रतिक्षित आइफोन १८ सिरिज लञ्च गर्ने योजनामा जुटिसकेको छ।

हरेकवर्ष सेप्टेम्बर महिनामै आफ्नो फ्लागशिप आइफोनहरू सार्वजनिक गर्दै आएको एप्पलले आइफोन १८ सिरिजमा केवल प्रो मोडेलहरु मात्रै बजारमा ल्याउने दाबी समाचारहरुमा गरिएको छ ।

कम्पनीका आन्तरिक स्रोतहरुलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणहरुका अनुसार एप्पलले १८ सिरिज अन्तर्गत केवल आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मात्रै ल्याउन सक्ने सम्भावना छ । अनि ती मोडेलहरुमा उसले उल्लेख्य अपग्रेडसँगै अत्याधुनिक फिचर्सहरु समावेश गर्नेछ ।

म्याक र्‍युमर्सको दाबी अनुसार दुवै स्मार्टफोनमा ए२० प्रो प्रोसेसर हुनेछ । यी फोनहरूमा एप्पलको इन-हाउस चिपसेट सीटू मोडेम प्रयोग हुन सक्ने बताइएको छ। जुन २ न्यानोमिटर प्रोसेसमा तयार गरिनेछ । यो चिप नयाँ आर्किटेक्चर र प्याकेजिङ डिजाइनमा आधारित हुने बताइएको छ । जसका कारण फोनको परफर्मेन्स सँगै उर्जा दक्षतामा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

साथै दुवै मोडलमा डाइनामिक आइल्याण्डको आकार घटाइने सम्भावना रहेको छ। साथै एप्पलका यी दुई आइफोनबाट केही फेस आइडी प्रविधिलाई पनि हटाउन सक्ने बताइएको छ ।

यसका अतिरिक्त आइफोन १८ सिरिजका फोनमा सेल्युलर र नेटवर्किङ फिचरमा पनि अपग्रेड गरिनेछ। आगामी स्मार्टफोन सिरिजमा एन२ चिप प्रयोग हुन सक्नेछ ।

दुवै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ। यसमा दिइने नयाँ प्राविधिक अपग्रेडले गर्दा प्रकाश नियन्त्रणलाई सहज गराउनेछ ।

समाचार अनुसार एप्पलले यसवषर्ष आइफोन १८ सिरिजमा प्रो बाहेकका मोडेलहरु लन्च गर्नेछैन। साथै फिचर्समा महत्वपूर्ण अपग्रेड गरेतापनि १८ प्रो सिरिजको डिजाइनको हकमा भने अघिल्लो संस्करणभन्दा खासै फरक नहुने बताइएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?