News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईकी कप्तान इशा ओजाले महिला एसिया कपमा नेपालविरुद्ध १२५ रनको शानदार शतक बनाइन्।
- यूएईले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ।
- नेपालका मनिषा उपाध्यायले २ विकेट र कविता कुँवरले १ विकेट लिएका छन्।
३ फागुन, काठमाडौं । कप्तान इशा ओजाले शानदार शतक बनाएपछि यूएईले राइजिङ स्टार्स महिला एसिया कपमा नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो । इशा ओजाले ६३ बलमा १२५ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भइन् ।
उनले १४ चौका र ९ छक्का प्रहार गरिन् । इशाको महिला टी-२०आईमा यो छैटौं शतक हो । उनले यसअघि पहिलो खेलमा भारत ‘ए’ विरुद्ध पनि अविजित ७२ रन बनाएकी थिइन् । उक्त खेल पनि यूएईले जितेको थियो ।
२२-३ भएको अवस्थाबाट यूएईले १८९ रनको योगफल खडा गरेको हो । हिना होचन्दानीले अविजित ४५ रन बनाइन् । इशा र हिना मिलेर चौथो विकेटका लागि १६७ रनको साझेदारी गरे ।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवरले १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग हार बेहोरेको थियो ।
प्रतिक्रिया 4