News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
- उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५८ रन बनाएर नेपालका लागि दोस्रो पटक टी२० विश्वकपमा अर्धशतक प्रहार गरेका छन्।
- सोमपाल कामीले अविजित २६ रन बनाएर तीन टी२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।
दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे ।
सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो ।
यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्यो ।
पावर प्लेमा कमजोर ब्याटिङ
नेपालले वेष्ट इन्डिज विरुद्ध ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाएर जम्मा २२ रन मात्र बनाएको थियो । टी-२० विश्वकपमा नेपालको पावर प्लेमा सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०२४ मा बंगलादेश विरुद्ध २४-४ रन बनाएको थियो ।
ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए । उनलाई पहिलो ओभरमै वेष्ट इन्डिजका अकिल होसेनले बोल्ड गरेका थिए ।
त्यसपछि रोहित पौडेल ५, आसिफ शेख ११, आरो शेख २ र लोकेश बम ११ रनमा आउट हुँदा नेपालले ४६ रनमै ५ विकेट गुमाएर संघर्ष पूर्ण अवस्थामा थियो । तर त्यसपछि दीपेन्द्रले गुल्सद्द झासँग मिलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । गुल्सन पनि ११ रनमा आउट भएपछि दीपेन्द्र र सोमपाल मिलेर अर्धशतकिय साझेदारी गरेपछि नेपालले स्कोर बढाएको थियो ।
दीपेन्द्र अन्तिम ओभरमा आउट हुनुअघि सोपमलासँग ५४ रनको साझेदारी गरेका थिए ।
बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए ।
सोमपालको कीर्तिमान
यसै खेलबाट सोमपाल कामी नेपालको लागि तीन टी२० विश्वकप खेल्ने एक मात्र खेलाडी बने । उनले पहिलो इनिङ्समा आठौं नम्बरमा ब्याटिङ गरेका थिए ।
अघिल्ला दुई खेलमा बेन्चमा रहेका मिडियम पेसर सोमपाल कामीले वेष्ट इन्डिज विरुद्ध स्पीनर शेर मल्लको स्थानमा पहिलो रोजाईँमा अटाएसँगै इतिहास रचे ।
यसअघि नेपालले दुवै खेलमा दुई प्रोपर स्पीनर खेलाएपनि वेष्ट इन्डिज विरुद्ध भने सन्दीप लामिछाने एक मात्र स्पीनरको रुपमा पहिलो रोजाईँमा छन् भने नेपाली टिममा रहेका सोमपालहसति चारै मिडियम पेसर र पार्ट टाइम मिडियम पेसर आरिफ शेख समेत पहिलो रोजाइमा खेलेका छन् ।
सोमपाल नेपालले खेलेको तीन वटै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडी बने । सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपमा नेपालले डेब्यु गर्दा पहिलो पटक खेलेका थिए । डेब्यु विश्वकप देखि नेपालले खेलेको त्यसपछिका दुवै विश्वकप खेलेपछि सोमपाल नेपालबाट तीन विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बनेका हुन् । उनले टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल पनि खेलेका छन् ।
समूह सी मा यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भइकसको नेपाललाई सुपर एटको अंकगणितलाई कायम राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । आजको खेलमा पराजित भएकमा भने नेपाल समूहको अन्तिम खेलअघि नै सुपर एटको होडबाट बाहिरिनेछ ।
प्रतिक्रिया 4