+

टी-२० विश्वकपमा अमेरिकाको दोस्रो जित, नामिबिया बाहिरियो

२०८२ फागुन  ३ गते १८:५७ २०८२ फागुन ३ गते १८:५७
टी-२० विश्वकपमा अमेरिकाको दोस्रो जित, नामिबिया बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकपमा अमेरिकाले नामिबियालाई ३१ रनले हराउँदै दोस्रो जित हासिल गरेको छ।
  • अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो भने नामिबियाले १६८ रन मात्र बनाउन सक्यो।
  • नामिबियाले लगातार तीन हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ भने अमेरिकाले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ।

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले दोस्रो जित हासिल गर्ने क्रममा नामिबियालाई पराजित गरेको छ । योसँगै लगातार तीन हार बेहोरेको नामिबिया भने बाहिरिएको छ ।

समूह ‘ए’ अन्तर्गत चेन्‍नईमा भएको खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले हराएको हो । अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

नामिबियाका लागि लोउरेन स्टीनकाम्पले सर्वाधिक ५८ रन बनाए । जेजे स्मिटले ३१ रन बनाए । जान निकोल लफ्टी इटनले २८ रन बनाए । जान फ्रायलिंकले १९ तथा जेन ग्रीनले १८ रन बनाए ।

अमेरिकाका लागि शाड्ली भान शाकवाइकले २ विकेट लिँदा अली खान, सौरभ नेत्रभल्कार र शुभम रन्जानेले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

अमेरिकाका लागि सन्जय कृष्णमुर्तीले अविजित ६८ रन बनाए । कप्तान मोनांक पटेलले ५२ रन बनाए। शयान जहांगिरले २२ रन बनाए ।

नामिबियाका लागि विलेम माइबर्ग र कप्तान जेरार्ड एरासमसले २-२ विकेट लिए ।

योसँगै अमेरिकाले ४ खेलमा ४ अंक जोडेर सुपर ८ को गणितीय सम्भावना कायमै राखेको छ । अब अन्य नतिजामा मात्र भर पर्नुपर्नेछ ।

नामिबिया भने लगातार ३ हारसहित बाहिरिएको हो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय