+
+
Shares

अज्ञात समूहको गोली प्रहारबाट इञ्जिनियरको हत्या

परिवार स्रोतकाअनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घर बाहिर बोलाएका थिए । बाहिर निस्कनेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो ।

अमलेश शर्मा अमलेश शर्मा
२०८२ फागुन ३ गते २१:२१

फागुन ३, सर्लाही । अज्ञात समूहको गोली प्रहारबाट मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ । ३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ : ५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

सिरहाको सुखिपुर नगरपालिका–३ वैशाखा घर भएका यादव एक वर्षदेखि मलंगवामा डेरामा बस्दैआएका थिए । परिवार स्रोतकाअनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घर बाहिर बोलाएका थिए । बाहिर निस्कनेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । उनको शरीरमा एक गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर ढलेका यादवलाई घाइते अवस्थाका तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाको कारण र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?