+
+
Shares

जुम्लामा ६४८ कर्मचारी मतदान केन्द्रमा खटिए

विक्रम तिरुवा विक्रम तिरुवा
२०८२ फागुन ४ गते ८:३७

४ फागुन, जुम्ला । जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जिल्लाका कुल ११० मतदान केन्द्रमध्ये १०८ केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन् भने बाँकी दुई अस्थायी केन्द्रका लागि कर्मचारी खटिन बाँकी छ ।

निर्वाचनलाई पारदर्शी बनाउन स्थानीय कर्मचारीलाई उनीहरूको आफ्नै मतदान केन्द्रभन्दा बाहिर खटाइएको छ र कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारीहरूलाई मात्र जिम्मेवारी दिइएको छ ।

जिल्ला जनशक्ति व्यवस्थापन समितिले छनोट गरेका १ हजार ४९९ कर्मचारीमध्येबाट अन्तिम छनोटमा परेकाहरुलाई मतदान केन्द्रमा खटाइएको हो ।

जसमा ११८ जना महिला कर्मचारीहरू छन् भने ७ जना मतदान अधिकृत र २६ जना सहायक मतदान अधिकृतको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?