+
+
Shares

रामेछाप बस दुर्घटना : बेपत्ता बालकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:३७

४ फागुन, काभ्रेपलाञ्चोक । रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ ।

गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

बालकको शव भेटिएसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको यसअघि नै शव फेला परेको थियो ।

रामेछाप मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिकै २७ माघमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?