+
+
Shares

‘रमिताको पिरती’ मार्चदेखि भारतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आना शर्मासहितको फिल्म ‘रमिताको पिरती’ भारतमा मार्च दोस्रो सातादेखि रिलिज हुने भएको छ।
  • इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनम र निर्माता सागर लम्सालबीच भारत रिलिजबारे सम्झौता भएको छ।
  • फिल्मले प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ।

काठमाडौं । आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसन समारोह आयोजना गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले मार्च दोस्रो सातादेखि त्यहाँ रिलिज गर्न लागेको हो ।

कम्पनीले फिल्मको कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिज गर्न लागेको बताएको छ । निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै भारत रिलिजबारे सम्झौता भएको छ ।

फिल्मले प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्मले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देश दिन्छ ।

दक्षिण एसियाका कथा संसारभर पुर्‍याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’कोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ । यसले नेपाली फिल्मलाई सीमाभित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ ।

सुदिप्ता अधिकारीको निर्देशनमा बनेको फिल्ममा शर्मासहित विनय श्रेष्ठ, धीरज मगर, समिर श्रेष्ठ, रेणु योगीको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?