+

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल जितविहीन

२०८२ फागुन  ५ गते १०:४१ २०८२ फागुन ५ गते १०:४१
राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल जितविहीन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कपमा भारत 'ए'सँग ७ विकेटले हारेर जितविहीन बनेको छ।
  • नेपालले दिएको ७९ रनको लक्ष्य भारत 'ए' ले ७.५ ओभरमा ३ विकेटमा पूरा गर्‍यो।
  • नेपालले पाकिस्तान 'ए' र यूएईसँग पनि हार बेहोरेको छ।

५ फागुन, काठमाडौं । नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कपमा जितविहीन बनेको छ ।

मंगलबार भएको भारत ‘ए’ सँगको खेलमा ७ विकेटको हार बेहोर्दै नेपाल बाहिरिएको हो । नेपालले दिएको ७९ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले ७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

भारतका लागि वृन्दा दिनेशले अविजित ३९ रन बनाइन् । तेजल हसबनिसले १८ रन बनाइन् । अनुस्का शर्माले १० रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यधय, अनु कडायत र सीता रानामगरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन् । रुबी पोदार र कविता जोशीले समान १२ रन बनाए भने बिन्दु रावलले ११ रन, कप्तान पूजा महतोले १० रन बनाइन् ।

भारत ‘ए’ का लागि तनुजा कनवरले ४ ओभरमा १२ रन मात्र दिएर ४ विकेट लिइन् भने मिनु मानीले ४ ओभरमा ८ रन मात्र दिएर ३ विकेट लिइन् । राधा यादवले २ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो ।

नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय